राजनीति
बानेश्वरमा कांग्रेससहित विपक्षी दलको बैठक सुरु, साझा धारणा बनाइने
सोमबार, ०७ जेठ २०८१, ११ : १७

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको हो।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकार पक्षले विपक्षीले भनेजस्तो समिति गठन नगर्ने अडान राखेपछि कांग्रेसले विश्वासको मत लिन नदिने चेतावनी दिँदै आएको छ । यस्तो पृष्ठभूमिमा बैठकले साझा धारणा तय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो एमबीएएन स्पोर्ट्स मिट : फुटसल, ब्याडमिण्टन र टेबलटेनिसमा प्रतिस्पर्धा हुने
-
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधाघण्टा स्थगित
-
‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
-
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी
-
रौतहट बम काण्डमा मारिएका पिन्टुका बुवाको उजुरी : आलमलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गरिपाऊँ