लाइसेन्स प्रकरणमा मुछिएका दुई जना कर्मचारी धरौटीमा रिहा
काठमाडौँ । हिरासतमा रहँदा शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका दुई जना कर्मचारी धरौटीमा छुटेका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत अधिकृत नारायण प्रसाद पाण्डे जनही ५ लाख धरौटीमा रिहा भएका हुन् । न्यायाधीश दुर्गालाल भुसालले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टसँग अदालतले २ लाख धरौटी मागेको छ । तर, लाइसेन्स घोटालाबारे भट्टविरुद्धको अर्को मुद्दा नटुङ्गिएको हुनाले उनलाई हिरासतमा नै राखिएको सीआईबीका सूचना अधिकारी एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । भट्टसहितका कर्मचारीहरू विरुद्ध सीआईबीले रकम असुलेर लाइसेन्स द्रुत छपाई गरेको आरोमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
बुटवल प्रहरीको हिरासतमा थुनामा रहेको बेला शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले कम्यूटर अपरेटर नारायण प्रसाद पाण्डेसहित ७ जनालाई प्रतिवादी बनाएको थियो । पक्राउ परेका ३ जना, रुपन्देही घर भएका २८ वर्षीय अकरामुद्दिन मुसलमान, पाल्पा घर भएका २० वर्षीय शशाङ्क बस्याल र पाल्पा घर भएका ५१ वर्षीय ठानेश्वर बस्याल र रुपन्देही घर भएका अरुण कार्की भन्ने लट्टु नाउलाई फरार प्रतिवादी कायम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण