मोबाइल खोसेपछि बा-आमा र बहिनीको गोली हानेर हत्या
साओ पाउलो । पछिल्लो समय बच्चादेखि बूढाबूढीसम्म सबै जनालाई मोबाइलको लत लागेको छ । मोबाइल एक क्षण चलाउन नपाउँदा छट्पटाहट हुने स्थिति छ ।
यसकै लतका कारण ठूल्ठूला दुर्घटना पनि भएका छन् । ब्राजिलमा पनि मोबाइलको लतका कारण एक किशोरले आफ्नै बा-आमा र बहिनीको हत्या गरेका छन् ।
यो घटना साओ पाउलोमा घटेको हो । घटनाका जाँच प्रमुख रोबर्टो अफोन्सोका अनुसार एकजना नगर प्रहरी र उनकी पत्नीले बालकलाई धर्मपुत्रको रूपमा पालेका थिए ।
किशोरसँग बहसपछि बा-आमाले उनको हातमा भएको मोबाइल खोसिदिए । मोबाइल खोसेपछि रिसाएका किशोरले पिताको सर्भिस पेस्तोल उठाएर उनकाे ढाडमा गोली हाने ।
माथिल्लो तलामा बसिरहेकी बहिनीलाई पनि अनुहारमै गोली हाने । घटनाको समयमा किशोरकी आमा घरमा थिइनन् ।
केही घन्टामा उनी घर फर्किइन् । तर किशोरले उनको पनि गोली हानेर हत्या गरिदिए । यो घटना शुक्रबारको हो ।
सोमबारसम्म किशोर माता पिता र बहिनीको शवको साथमा घरमै बसे । यसबिच ती किशोर जिम र बेकरी पनि गएको बताइएको छ ।
सोमबार किशोरले आफैँले प्रहरीलाई घटनाबारे जानकारी दिए र आफ्नो अपराध पनि स्वीकारे । उनलाई प्रहरीले हिरासतमा राखेको छ ।
नाबालिग भएकोले किशोरमाथि मुद्दा चलाइएको छैन । प्रहरीले यस घटनाको गम्भीर रूपमा छानबिन गरिरहेको छ ।
यो घटनामा किशोरबाहेक अरू कोही पनि संलग्न छन् कि भनेर छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण