रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन : नेता निधि
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् । बिहीबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नेता निधिले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रबार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने बताए ।
नेता निधिले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए । उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस र सबै नेपालीहरू रहेको बताए । उनले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताए । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको उनले बताए ।
नेता निधिले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको विरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण