गृहमन्त्री सहकारी ठगीमा संलग्न हुनुहुन्छ, उन्मुक्ति दिन सकिँदैन : डा. शेखर
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दुइटा पासपोर्टबारे कसैले आवाज नउठाएको बताएका छन् ।
‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र संसद्का महासचिवको दुइटा पासपोर्ट हुँदा तपाईँहरू केही लेखिरहनुभएको छैन,’ विराटनगरमा बिहीबार भएको नेपाल प्रेस युनियनको कार्यक्रममा कोइरालाले प्रश्न गरे, ‘देशमा कानुन छ । तर उहाँहरूलाई केही हुँदैन । त्यो कानुन के गृहमन्त्रीलाई र संसद् महासचिवलाई लाग्दैन ?’
नेता कोइरालाले गृहमन्त्री लामिछानेमाथि सहकारीको बचत अपचलनको आरोप लागेको पनि बताए ।
‘गृहमन्त्री भएका नाताले सहकारी ठगीबाट उहाँलाई उन्मुक्ति दिने ? यो हुन सक्दैन । सहकारी ठगीमा उहाँ संलग्न हुनुहुन्छ र उहाँ उन्मुक्ति पाउन सक्नुहुन्न भन्ने कांग्रेसको ठहर छ । जसले बचाउन खोज्छ त्यो पार्टी वा व्यक्ति उजागर भएर जान्छ, यो गम्भीर विषय छ’, उनले भने ।
गृहमन्त्री लामिछानेले आफू सहकारीमा संलग्न नरहेको बताइरहेको उल्लेख गर्दै उनले रविलाई गृह मन्त्रालय छाडेर अर्को मन्त्रालयमा जान प्रस्ताव गरे ।
‘प्रहरीलाई अनुसन्धान गर्न दिनुस् । हामीले तपाईंको राजीनामा पनि मागेको छैन’, कोइरालाले भने ।
गृहमन्त्री लामिछानेले मिडियालाई तर्साउन खोजेको भन्दै कांग्रेस नेता कोइरालाले देश बिस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोजेको देखिएको टिप्पणी गरे ।
अहिले ट्रेलरका रूपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेको तर्क गर्दै कोइरालाले सिरोहियाले नागरिकताका सन्दर्भमा कुनै गलत भएको पाइएमा दण्ड पाउनुपर्ने बताए ।
‘व्यक्ति सिरोहिया केही पनि होइन । कान्तिपुरलाई जसरी आक्रमण गरेको छ त्यो घटनापछि म मिडियाहरू नजिकबाट फलो गरिरहेको छु । कहाँ के भइरहेको छ र कसले के भनिरहेको छ भनेर,’ डा. कोइरालाले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण