आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा एकजना पक्राउ

बिहीबार, १० जेठ २०८१, १५ : १८
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत छन् । 

चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले सेवाग्राहिबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप