आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

कान्स गालामा प्रियंकाको पहिरन कस्तो ?

बिहीबार, १० जेठ २०८१, १७ : ३१
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । अभिनेत्री प्रियङ्का कार्की यतिबेला फेरि चर्चामा छन् । उनको चर्चाको कारण अभिनय नभएर पहिरन बनेको छ । जुन उनले कान्स फिल्म फेस्टिभलमा लगाएकी थिइन् ।

पति आयुष्मान् देशराज जोशीका कान्स गालामा सहभागी उनी सेतो गाउनमा देखिएकी थिइन् । यो पटकको उनको गाउनको चर्चा बढी भएको छ । 

फेस्टिभलको भिडियो सामाजिक सञ्जाल उनले राखेकी छन् । जसलाई लिएर उनले भित्री वस्त्र नलगाएको चर्चा भइरहेको छ । 

भिडियो प्रियंकाले कान्स गालामा तस्बिरहरू खिच्न बनाइएको चेकर बोर्डमा छ । जसमा गाउनको चिरा परेको भागलाई मिलाउँदै उनले तस्बिरका लागि पोज दिएकी छन् ।

प्रियंकाको पहिरनले कान्समा सहभागीको त ध्यान तान्यो नै, सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ । कतिले उनलाई नेपालको राष्ट्रिय पोसाक लगाएर चिनाउनुपर्ने भनेका छन् भने कतिले सेक्सी, ग्ल्यामर, हट अनि बोल्ड भन्दै प्रशंसा गरेका छन् । कहिले उनको पहिरनको आलोचना पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप