आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

नेपालमा फेरि थाई एयरवेजको सेवा

बिहीबार, १० जेठ २०८१, २२ : ३०
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो ।

नेपाललाई विश्वसँग जोड्ने र विश्व बजारका यात्रीहरूलाई पनि नेपाल ल्याउने थाई एयरवेजको आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो ।

केही पहिलेदेखि थाई एयरवेजले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको हो ्र हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ। 

नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको जनाएको छ । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्ट्रहरू सञ्चालन गर्दै आएको छ । 

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले वायुसेवा पुनः सुचारुको बारेमा बोल्दै भने, “काठमाडौँ र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो।

यो सेवाले नेपाललाई थाइल्यान्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ । हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।”

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान आरआर ग्रुप अफ र कम्पनीका ग्रुप चेयरम्यान रविचन्द्र सिंहले भने, ‘काठमाडौँ र बैंककुलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौँ।

सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको छ। हाम्रो सेवाहरूले नेपाल र थाइल्यान्ड बिच उन गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्नेछ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप