समुद्री तटमा रहेको रेस्टुराँ भवनको छत भत्किँदा स्पेनमा चारको मृत्यु
शुक्रबार, ११ जेठ २०८१, १२ : १२
मजोर्का । स्पेनमा टापुमा समुद्र किनारामा रहेको रेस्टुराँको छत आंशिक रूपमा भत्किँदा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएको बताइएको छ । उद्धार कार्य जारी रहेको र कयौँ मानिसहरू अझै पुरिएको हुन सक्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार स्पेनी टापु मर्जोकामा समुद्री तटमा रहेको तीन तले रेस्टुराँ मेडुसा बिच क्लबको छतको आंशिक हिस्सा खसेको थियो । मर्जोकाको आकस्मिक सेवा विभागका अनुसार अहिलेसम्म यस घटनामा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
यस अघि भने घटनामा २१ जना घायल भएको हुन सक्ने बताइएको थियो । मृतक र घाइते सबै स्पेनी नागरिक हुन् वा विदेशी पनि छन् भन्ने स्पष्ट भइनसकेको बताइएको छ । उद्धार कार्य जारी रहेकोले मृतक र घाइतेहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण