शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रहरीका १४९ जना इन्स्पेक्टर भए दीक्षित, तस्बिरहरु
दीक्षान्त समारोह

प्रहरीका १४९ जना इन्स्पेक्टर भए दीक्षित, तस्बिरहरु

पवन कुमार परियार प्रथम
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम,  द्वितीय र तृतीय पुरस्कार प्रदान गरे । प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियार प्रथम, सगुन खड्का  द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास सँगै नयाँ सुरक्षा चुनौती थपिएको बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त भएको बताए । उनले भने,‘अधिकृतहरू कहिलेकाहीँ बेलगाम हुँदा कार्यसम्पादनमा आँच आउने गरेको छ ।’

प्रहरी महानिरीक्षक वसन्त कुँवरले निलो बर्दिमा राज्यको कानुनी अधिकारी गाँसिएको बताए । उनले भने,‘कानुनलाई अधिकार हैन, जिम्मेवारीको रूपमा लिनुहोला ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया