सुरक्षा बलसँगको भिडन्तमा छत्तीसगढमा आठ माओवादीको मृत्यु
नयाँ दिल्ली । माओवादी प्रभावित छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ सन्दिग्ध माओवादी मारेको दाबी गरेको छ । अन्य माओवादीहरूको खोजी कार्य जारी रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।
‘बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेसन सुरु गरेका थिए । अपरेसन बिहीबार बिहान करिब ११ बजे सुरु भएको थियो’ एक उच्च प्रहरी अधिकारीले बीबीसीलाई भनेका छन् ।
बिहीबार दिनभर भिडन्त हुँदा दुवै पक्षबाट गोली हानाहान भएको थियो । यस क्रममा प्रहरीले घटनास्थलबाट शङ्कास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो ।
शुक्रवार बिहान सुरक्षाकर्मीले अर्का एक सन्दिग्ध माओवादीको शव फेला पारेका थिए । प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन् । विगत केही महिनादेखि छत्तीसगढमा सन्दिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारबाही भइरहेको छ ।
अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो । अप्रिल १६ मा काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ ।
नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठुलो सङ्ख्यामा माओवादी मारिएको थिएन । प्रहरीले यसअघि अप्रिल ३० मा ताकामेटामा १० र मे १० मा पेडियामा १२ जना माओवादीहरूलाई मारेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण