‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री
शुक्रबार, ११ जेठ २०८१, १५ : ३९
नयाँ दिल्ली । साउथको ब्लकबष्टर फिल्म पुष्पाको सिक्वेल तीन महिनापछि हलमा रिलिज हुँदैछ । पुष्पा २ यस वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक हो ।
फिल्मको पहिलो भागमा सामन्था रुथ प्रभुले एउटा आइटम गीतमा नाचेकी थिइन् । यसलाई दर्शकले निकै मन पराएका थिए । गीतमा सामन्था निकै बोल्ड लुकमा देखिएकी थिइन् । पछिल्लो खबरका अनुसार पुष्पा २ मा सामन्थाको ठाउँमा बलिउड अभिनेत्रीको इन्ट्री भएको छ ।
यिनी रणवीर कपूरको ‘एनिमल’की भाभी नम्बर टु भएको बताइएको छ । रिपोर्टका अनुसार तृप्तिले यस फिल्ममा अल्लु अर्जुनसँग रोमान्टिक गीतमा नाच्नेछिन् । तर अहिलेसम्म तृप्ति र फिल्म मेकरहरूले यसको पुष्टि गरेका छैनन् ।
मेकरहरूले पुष्पा २ अगष्ट १५ मा रिलिज गर्दैछन् । बिहीबार मात्रै फिल्मको अर्को गीत रिलिज गरिएको थियो । यो गीत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन उद्घाटन अघिको माहोल, तस्बिरमा हेर्नुहोस्
-
चर्कियो ट्रम्प र इटालीकी प्रधानमन्त्रीको सामाजिक सञ्जालमै 'भिडन्त', के हो जी–७ को तस्बिर प्रकरण ?
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण