सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रकरण
विशेष अदालतबाट दोषी ठहर भएका इन्जिनियर मृत भेटिए
शुक्रबार, ११ जेठ २०८१, १६ : ०७
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन् । इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् ।
सिनियर डिभिजनल इन्जिनियर पोखरेल भक्तपुरको लोकन्थीस्थित आँखा अस्पताल नजिकै घरमा मृत अवस्थामा भेटिएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेम सागर केसीले रातोपाटीलाई बताए ।
५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान मृत भेटिएपछि उनको शव भक्तपुरको केएमसी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
विशेष अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थियो । विशेष अदालतले जेठ ८ मा सो फैसला गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारिबाबु श्रेष्ठले सो फैसला गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण