सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रकरण

विशेष अदालतबाट दोषी ठहर भएका इन्जिनियर मृत भेटिए

शुक्रबार, ११ जेठ २०८१, १६ : ०७
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन् । इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् ।

सिनियर डिभिजनल इन्जिनियर पोखरेल भक्तपुरको लोकन्थीस्थित आँखा अस्पताल नजिकै घरमा मृत अवस्थामा भेटिएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेम सागर केसीले रातोपाटीलाई बताए ।

५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान मृत भेटिएपछि उनको शव भक्तपुरको केएमसी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

विशेष अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थियो । विशेष अदालतले जेठ ८ मा सो फैसला गरेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारिबाबु श्रेष्ठले सो फैसला गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप