सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको मस्कले गरे विरोध

शुक्रबार, ११ जेठ २०८१, १७ : ३५
शुक्रबार, ११ जेठ २०८१

वाशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् । 

हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आउने विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेका थिए । ‘न टेस्ला न मैले नै अतिरिक्त महसुल बढाउन भनेका थियौँ,’ पेरिसमा भएको एक सम्मेलनमा मस्कले भने ।

जनवरीमा मस्कले कुनै प्रतिबन्ध लगाइएन भने चिनियाँ कार निर्माताहरूले अन्य देशका प्रतिद्वन्द्वीहरूलाई नष्ट गर्ने बताएका थिए । गएको हप्ता ह्वाइट हाउसले चीनबाट आयातित विद्युतीय सवारी साधनमा १०० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने समेतका नयाँ उपायहरूको घोषणा गरेका थिए ।

अमेरिकाको यो कदमबाट आफू छक्क परेको मस्कले बताएका छन् । चीनले कुनै शुल्कहरू नलगाएको र फरक देखिने गरी घरेलु कम्पनीहरूलाई टेवा नदिएकोले चीनको बजारमा टेस्लाले राम्रो गरिरहेको उनको भनाई थियो । कर बढाउने अमेरिकी निर्णयको चीनले विरोध गरिरहेको छ । अमेरिकाको यो कदमको प्रतिकार गर्ने चीनले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप