चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको मस्कले गरे विरोध
वाशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् ।
हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आउने विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेका थिए । ‘न टेस्ला न मैले नै अतिरिक्त महसुल बढाउन भनेका थियौँ,’ पेरिसमा भएको एक सम्मेलनमा मस्कले भने ।
जनवरीमा मस्कले कुनै प्रतिबन्ध लगाइएन भने चिनियाँ कार निर्माताहरूले अन्य देशका प्रतिद्वन्द्वीहरूलाई नष्ट गर्ने बताएका थिए । गएको हप्ता ह्वाइट हाउसले चीनबाट आयातित विद्युतीय सवारी साधनमा १०० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने समेतका नयाँ उपायहरूको घोषणा गरेका थिए ।
अमेरिकाको यो कदमबाट आफू छक्क परेको मस्कले बताएका छन् । चीनले कुनै शुल्कहरू नलगाएको र फरक देखिने गरी घरेलु कम्पनीहरूलाई टेवा नदिएकोले चीनको बजारमा टेस्लाले राम्रो गरिरहेको उनको भनाई थियो । कर बढाउने अमेरिकी निर्णयको चीनले विरोध गरिरहेको छ । अमेरिकाको यो कदमको प्रतिकार गर्ने चीनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण