रविको अभिव्यक्ति र कैलाश पक्राउबारे बालुवाटारमा कांग्रेसले माग्यो जवाफ
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहपयाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्मा दिएको अभिव्यक्ति र सिरोहियाको पक्राउबारे प्रधानमन्त्रीलाई प्रश्न उठाएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौँ भनेका छौँ ।’
जवाफमा प्रधानमन्त्री गृहमन्त्रीको अभिव्यक्तले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । लेखकका अनुसार सिरोहिया पक्राउलाई भने अदालतको आदेश कार्यान्वयन गरेको भन्दै बचाउ गरेका थिए ।
बैठकमा सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका विषयमा सकारात्मक छलफल भएको लेखको भनाई छ । विगतमा संसदीय छानबिन समिति गठनको विपक्षमा मत राख्ने ओली शुक्रबारको बैठकमा मौन थिए ।
लेखकका अनुसार सत्तासीन माओवादी र एमालेका नेताहरू सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सकारात्मक देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण