बालुवाटारमा जुटेन सहमति : कार्यदल बैठकमा आ–आफ्ना प्रस्ताव लैजाने
काठमाडौँ । सहकारी ठगीको विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । शुक्रबारको बैठकमा कार्यदलमा भएको प्रगतिबारे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ब्रिफिङ गर्ने काम भएको पाण्डेले बताए ।
‘बैठकले कुनै निर्णय गरेको छैन । यद्यपि दुवैपक्षबिच सकारात्मक कुराकानी भएको छ । आजको बैठकमा कार्यदलको तर्फबाट महेश बर्तौलाले अहिलेसम्म भएका प्रगतिबारे ब्रिफिङ गर्नुभयो । त्यसबारे प्रधानमन्त्रीलगायत सबै नेताहरू सकारात्मक हुनुभएको छ । शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ’, बैठकबारे रातोपाटीलाई पाण्डेले जानकारी दिँदै भने ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहति एमालेका अध्यक्ष केपी ओली लगायत कांग्रेसका शीर्ष नेताहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण