बालुवाटारमा जुटेन सहमति : कार्यदल बैठकमा आ–आफ्ना प्रस्ताव लैजाने

काठमाडौँ । सहकारी ठगीको विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । शुक्रबारको बैठकमा कार्यदलमा भएको प्रगतिबारे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ब्रिफिङ गर्ने काम भएको पाण्डेले बताए ।
‘बैठकले कुनै निर्णय गरेको छैन । यद्यपि दुवैपक्षबिच सकारात्मक कुराकानी भएको छ । आजको बैठकमा कार्यदलको तर्फबाट महेश बर्तौलाले अहिलेसम्म भएका प्रगतिबारे ब्रिफिङ गर्नुभयो । त्यसबारे प्रधानमन्त्रीलगायत सबै नेताहरू सकारात्मक हुनुभएको छ । शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ’, बैठकबारे रातोपाटीलाई पाण्डेले जानकारी दिँदै भने ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहति एमालेका अध्यक्ष केपी ओली लगायत कांग्रेसका शीर्ष नेताहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख