सिंहदरबारमा कार्यदल बैठक सुरु

काठमाडौँ । सहकारीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । दिउँसो ३ बजे बोलाइएको बैठक कार्यदलका संयोजक रहेका कानुन मन्त्री पदम गिरी पर्वतबाट फर्कँदा ढिलो सुरु भएको हो ।
मन्त्री गिरी आएपछि बैठक सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रातोपाटीलाई जानकारी दिए ।
आजको बैठकमा संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर कांग्रेसले नाम लिएका सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर छानबिन समिति गठन गर्ने सत्तापक्षले विकल्प दिने र त्यसमाथि छलफल हुने खनालको भनाई रहेको छ ।
कांग्रेसले मन्त्री लामिछानेको नाम नराखी उनीसँग जोडिएका सहकारीबारे छानबिन गर्नका लागि विकल्प ल्याउन सत्तापक्षलाई आग्रह गरेको थियो । आजको बैठकमा सत्तापक्षले दिएको विकल्पमाथि छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा