झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु
शनिबार, १२ जेठ २०८१, १७ : २१
काठमाडौँ । झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१५ सतार बस्तीस्थित मेची खोलामा डुबेर सोही ठाउँ बस्ने ५१ वर्षीय भाङ्गी हेमरनको शुक्रबार राति मृत्यु भएको हो ।
त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर सोही ठाउँ बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको शनिवार बिहान मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण