सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु

शनिबार, १२ जेठ २०८१, १७ : २१
शनिबार, १२ जेठ २०८१

काठमाडौँ  । झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु भएको छ ।  झापाको मेचीनगर नगरपालिका–१५ सतार बस्तीस्थित मेची खोलामा डुबेर सोही ठाउँ बस्ने ५१ वर्षीय भाङ्गी हेमरनको शुक्रबार राति मृत्यु भएको हो ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर सोही ठाउँ बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको शनिवार बिहान मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप