लघुकथाको ६१ औँ शृङ्खला सम्पन्न
शनिबार, १२ जेठ २०८१, १८ : १५
पोखरा । लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचनको ६१ औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थाका सदस्य तथा लघुकथाकार डा. ईश्वरमणि अधिकारीले यस संस्थाको स्थापना पश्चात् लघुकथा लेखन, वाचन, विमर्श तथा परिचर्चामा वृद्धि भएको र लघुकथाको गुणात्मक लेखनमा चुनौती रहेको भन्दै स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार कल्याण पन्त, जनार्दन दाहाल, ढाकामोहन बराल, गीता तिवारी, ओमकार अधिकारी, प्रकाश बज्राचार्य लगायतले लघुकथा वाचन गरेका थिए । कार्यक्रम संस्थाका सचिव अमृतले सञ्चालन गरेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण