सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

लघुकथाको ६१ औँ शृङ्खला सम्पन्न

शनिबार, १२ जेठ २०८१, १८ : १५
शनिबार, १२ जेठ २०८१

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचनको ६१ औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ । 

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थाका सदस्य तथा लघुकथाकार डा. ईश्वरमणि अधिकारीले यस संस्थाको स्थापना पश्चात् लघुकथा लेखन, वाचन, विमर्श तथा परिचर्चामा वृद्धि भएको र लघुकथाको गुणात्मक लेखनमा चुनौती रहेको भन्दै स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार कल्याण पन्त, जनार्दन दाहाल, ढाकामोहन बराल, गीता तिवारी, ओमकार अधिकारी, प्रकाश बज्राचार्य लगायतले लघुकथा वाचन गरेका थिए । कार्यक्रम संस्थाका सचिव अमृतले सञ्चालन गरेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप