सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

२७ वर्षपछि काजोल र प्रभुदेवाको सहकार्य

शनिबार, १२ जेठ २०८१, १९ : ३९
शनिबार, १२ जेठ २०८१

मुम्बई । तेलुगु फिल्म निर्माता चरण तेज उप्पलति उनको असाधारण सिनेमा भिजनका लागि चिनिन्छन् । उनी अब हिन्दीमा लामो समयदेखि प्रतिक्षित रहेको निर्देशकीय जिम्मेवारीको सुरुवात गर्ने तयारीमा छन् । 

उनी एक हाई बजेट एक्सन थ्रिलरको काममा व्यस्त छन् । फिल्ममा काजोल, प्रभुदेवा, नसीरुद्दीन शाह, संयुक्ता मेनन, जीशु सेन गुप्ता र आदित्य सीलको अभिनय रहनेछ ।

काजोल र प्रभुदेवा २७ वर्षपछि उप्पलतिको फिल्ममा पुनर्मिलन गर्दैछन् । काजोल र प्रभुदेवाले २७ वर्षअघि अर्थात् सन् १९९७ मा राजीव मेननको तमिल भाषी फिल्म ‘मिनसारा कानाभु’मा सहकार्य गरेका थिए । यसको हिन्दी भर्सन फिल्म ‘सपने’ हो ।

फिल्मको पहिलो सेड्युल पुरा भएको छ । निर्माताहरू चाँडै नै टिजर सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् । यो महत्त्वाकाङ्क्षी फिल्ममा उच्च प्राविधिक टोली हुनेछ ।

जसमा फोटोग्राफी निर्देशकका रूपमा जीके विष्णु, संगीत निर्देशकमा हर्षवर्धन रामेश्वर र सम्पादकमा नवीन नूली छन् । फिल्मको पटकथा निरन्जन अयंगर र जेसिका खुरानाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप