२७ वर्षपछि काजोल र प्रभुदेवाको सहकार्य
मुम्बई । तेलुगु फिल्म निर्माता चरण तेज उप्पलति उनको असाधारण सिनेमा भिजनका लागि चिनिन्छन् । उनी अब हिन्दीमा लामो समयदेखि प्रतिक्षित रहेको निर्देशकीय जिम्मेवारीको सुरुवात गर्ने तयारीमा छन् ।
उनी एक हाई बजेट एक्सन थ्रिलरको काममा व्यस्त छन् । फिल्ममा काजोल, प्रभुदेवा, नसीरुद्दीन शाह, संयुक्ता मेनन, जीशु सेन गुप्ता र आदित्य सीलको अभिनय रहनेछ ।
काजोल र प्रभुदेवा २७ वर्षपछि उप्पलतिको फिल्ममा पुनर्मिलन गर्दैछन् । काजोल र प्रभुदेवाले २७ वर्षअघि अर्थात् सन् १९९७ मा राजीव मेननको तमिल भाषी फिल्म ‘मिनसारा कानाभु’मा सहकार्य गरेका थिए । यसको हिन्दी भर्सन फिल्म ‘सपने’ हो ।
फिल्मको पहिलो सेड्युल पुरा भएको छ । निर्माताहरू चाँडै नै टिजर सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् । यो महत्त्वाकाङ्क्षी फिल्ममा उच्च प्राविधिक टोली हुनेछ ।
जसमा फोटोग्राफी निर्देशकका रूपमा जीके विष्णु, संगीत निर्देशकमा हर्षवर्धन रामेश्वर र सम्पादकमा नवीन नूली छन् । फिल्मको पटकथा निरन्जन अयंगर र जेसिका खुरानाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण