पाँच वर्षपछि ७ वटा उत्तरी नाका खुले, अन्य ७ नाका पनि खुल्ने घोषणा
विराटनगर । नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिबारदेखि पुनः सुचारु भएका छन् । अन्य ७ वटा नाका उपर्युक्त समयमा खुलाउँदै जाने पनि घोषणा भएको हो । ती नाका पाँच वर्ष अगाडि कोरोना सङ्क्रमणको कारण बन्द भएका थिए ।
उक्त नाकाको नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले तिब्बतको छेन्ताङमा आयोजित कार्यक्रमबाट नाका पुनः सञ्चालनमा आएको घोषणा गरेका हुन् । कार्यक्रममा नेपालतर्फबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सङ्खुवासभाबाट निर्वाचित संघीय सांसद दीपक खड्काका साथै सुरक्षा निकायका अधिकारी, गृह, वाणिज्य, रक्षा र परराष्ट्र मन्त्रालयका कर्मचारी प्रतिनिधिको सहभागीता थियो ।
२०७६ सालदेखि उक्त नाका बन्द थिए । दुई मुलुकबिच कूटनीतिक माध्यमबाट निरन्तर छलफलपछि औपचारिक कार्यक्रमको आयोजना गरि नाकाहरू खुल्ला भएको घोषणा गरिएको हो ।

१४ नाकामध्ये सङ्खुवासभाको किमाथाङ्कासहित ७ नाकाहरू शनिबारदेखि नै खुलेका छन् । बाँकी ७ नाकाहरू उपर्युक्त समयमा खुल्ने कार्यक्रममा घोषणा गरियो । ‘केही नाकाहरूमा मौसम, भूगोल र हावापानीको असहजताका कारण नाका खुल्ने र बन्द हुने आफ्नै परम्परागत तालिका छ, सो बमोजिम समय आएपछि खुल्ला हुने गरि सहमति गरिएको छ’, परराष्ट्र मन्त्री श्रेष्ठले भने । शनिबारदेखि सङ्खुवासभा, दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको नाकाहरू खुलेका हुन् ।
तिब्बतको कार्यक्रमपछि तुम्लिङटार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले आफ्नो चिन भ्रमणको क्रममा भएका सहमतिहरू क्रमशः कार्यान्वयन भइरहेको जानकारी दिए । नेपाली नागरिकहरू चीन जाँदा भिजा शुल्क नलाग्ने निर्णय मे १ बाट कार्यान्वयनमा आएको जानकारी दिए । त्यस्तै, ल्हासाबाट सामान ल्याउँदा सीमा क्षेत्रबाट सवारी साधन परिवर्तन गर्नु पर्ने बाध्यता हटाई हाल सोझै सोही साधनबाट गन्तव्यमा पुर्याउने सहमति कार्यान्वयन भइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण