मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

म बिहानै देउवा निवास पुगेँ, भोलिसम्म समझदारी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

आइतबार, १३ जेठ २०८१, १३ : ३०
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध भोलिसम्म अन्त्य हुने बताएका छन् । संसद् सुचारु गर्ने विषयमा आफूले पहल गरेको र आजै प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको घरमा गएर छलफल गरेको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति बनाउन तयार रहेको बताउँदै संसद् अवरुद्ध गर्न आवश्यक नभएको बताए । 

प्रधानमन्त्री प्रचण्डले भने– ‘अवरोधका बिच आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि जवाफ दिनुपर्दा मलाई नमिठो पनि लागेको छ । दुःखको पनि महसुस भएको छ । यो स्थितिको अन्त्य गर्नैपर्छ । मैले प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरिरहेको छु । यो गतिरोध अन्त्यका लागि पहल भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले सहमतिको नजिक पुगेको बताए । आज बिहान पनि कांग्रेस सभापतिको घरमा पुगेर पनि सहमतिको लागि प्रयास गरेको बताए । उनले आज र भोलीसम्म बजेट वक्तव्य आउनु अघिसम्म समझदारी हुने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप