साहिन शाह अफ्रिदीले अस्वीकार गरेपछि पाकिस्तानी टोलीमा उपकप्तानको जिम्मेबारी तोकिएन

काठमाडौँ । पाकिस्तान आगामी टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने अन्तिम राष्ट्र हो । पाकिस्तानले बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरे पनि उपकप्तानको जिम्मेबारी भने कसैलाई दिएको छैन ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले साहिन शाह अफ्रिदीलाई उपकप्तान बन्न प्रस्ताव राखेको थियो । तर, उनले त्यो जिम्मेबारी नलिने बताए पनि अन्ततः पाकिस्तानले उपकप्तानको जिम्मेबारी कसैलाई नदिई टोलीको घोषणा गरेको हो ।
छनोट समितिका सदस्यहरुले पनि उपकप्तान बन्न साहिन शाह अफ्रिदीलाई आग्रह गरेको समाचारमा जनाइएको छ । तर, उनले कुनै पनि हालतमा उक्त जिम्मेबारी नलिने आफ्नो अडान कायम राखेका थिए ।
बाबर आजमभन्दा अगाडि साहिन शाह अफ्रिदी नै टी–२० टोलीका कप्तान थिए । तर, एक शृंखलामा पाकिस्तानी टोलीले निराशाजनक प्रदर्शन गरेपछि उनलाई हटाएर विश्वकपका लागि बाबर आजमलाई कप्तान बनाइएको हो ।
साहिन शाह अफ्रिदीलाई कप्तानबाट हटाउने निर्णयलाई लिएर पाकिस्तानी क्रिकेटमा ठुलै बिबाद पनि भएको थियो । साहिन शाह अफ्रिदीले उपकप्तान बन्न नचाहेपछि पीसीबीले त्यो जिम्मेबारी शदाब खानलाई दिने तयारी गरेको थियो ।
तर, शदाब खानको विषयलाई लिएर पनि पदाधिकारीबिच बिबाद देखिएको थियो । पछिल्लो समय शदाब खानको प्रदर्शन पनि सन्तोषजनक देखिएको छैन । पीसीबीमा मोहम्मद रिजवानलाई उपकप्तान बनाउने विषयमा पनि छलफल भएको दाबी समाचारमा गरिएको छ । तर, चयन समितिका अधिकांश पदाधिकारी युवा खेलाडीलाई यो जिम्मेबारी दिने पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट