सन्दीपको भिसाबारे अमेरिकी दूतावासबाट आएन प्रतिक्रिया
आइतबार, १३ जेठ २०८१, १५ : १५
काठमाडौँ । परराष्ट्र मन्त्रालयले क्रिकेटर सन्दीप लामिछानेको भिसाबारे नेपालस्थित अमेरिकी दूतावाससँग पहल गरेपनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।
परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले गत शुक्रबार अमेरिकी दूतावासका डीसीएम र कन्सुलर चिफलाई बोलाएर मन्त्रालयमा छलफल गरेका थिए ।
स्रोतका अनुसार सो छलफलमा परराष्ट्र मन्त्रालयले लामिछानेलाई भिसा नदिएको कारणबारे सोधेका थिए । जवाफमा अमेरिकी दूतावासको तर्फबाट आफ्नो नीति नियमको बारेमा जानकारी गराएका थिए ।
अरू थप कुरा पछि जानकारी गराउने दूतावासले भनेका मन्त्रालयले जानकारी गराएको छ । तर हालसम्म कुनै जानकारी नआएको मन्त्रालयको भनाइ छ ।
यस विषयमा मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईसँग बुझ्दा त्यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण