सन्दीपको भिसाबारे अमेरिकी दूतावासबाट आएन प्रतिक्रिया
आइतबार, १३ जेठ २०८१, १५ : १५
_gHmL6hlkAS.jpg)
काठमाडौँ । परराष्ट्र मन्त्रालयले क्रिकेटर सन्दीप लामिछानेको भिसाबारे नेपालस्थित अमेरिकी दूतावाससँग पहल गरेपनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।
परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले गत शुक्रबार अमेरिकी दूतावासका डीसीएम र कन्सुलर चिफलाई बोलाएर मन्त्रालयमा छलफल गरेका थिए ।
स्रोतका अनुसार सो छलफलमा परराष्ट्र मन्त्रालयले लामिछानेलाई भिसा नदिएको कारणबारे सोधेका थिए । जवाफमा अमेरिकी दूतावासको तर्फबाट आफ्नो नीति नियमको बारेमा जानकारी गराएका थिए ।
अरू थप कुरा पछि जानकारी गराउने दूतावासले भनेका मन्त्रालयले जानकारी गराएको छ । तर हालसम्म कुनै जानकारी नआएको मन्त्रालयको भनाइ छ ।
यस विषयमा मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईसँग बुझ्दा त्यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री