सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

अपाच्य शैलीका दोहोरी बन्द नगरे सदस्यता खारेज गर्ने प्रतिष्ठानको चेतावनी

आइतबार, १३ जेठ २०८१, १७ : ५२
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अपाच्य शैलीका दोहोरी बन्द नगरे सदस्यता समेत खारेज गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै यसले समाजमा नकारात्मक प्रभाव पारेको समेत जनाएको छ ।

सदियौँदेखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै अहिलेका लोकदोहोरी मार्फत प्रहार भएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानको यसतर्फ ध्यानाकर्षण भएको हो ।

‘विशेषतः पछिल्लो समयमा विभिन्न युट्युब च्यानल लगायतका सामाजिक सञ्जालहरूमा देखिएका प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको छ’, प्रतिष्ठानले अगाडि भनेको छ ‘यस प्रकारका अराजक प्रवृत्तिको घोर भर्त्सना समेत गर्दै संस्कृति माथि हुने यस प्रकारका अतिक्रमण एवम् अराजकता तत्काल बन्द गर्न गराउन सम्बन्धित कलाकार, स्टुडियो, युट्युब च्यानल सञ्चालकहरूलाई सचेत गराइन्छ ।’ 

प्रतिस्थानले यस्ता गतिविधिलाई दोहोर्याए साधारण सदस्य समेत खारेज गर्दै सुविधाबाट समेत वञ्चित गर्ने चेतावनी समेत दिएको छ ।

bbb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप