डेरी एसोसिएसनले गर्यो वक्तृत्वकला प्रतियोगिता
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । आगामी १९ गते (जुन १ तारिख) का दिन पर्ने १४औँ दुध दिवसको अवसरमा एसोसिएसनको आयोजनामा सोमबार स्वयम्भू, भगवानपाउ स्थित त्रिरत्न आवासीय विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा १५ विद्यालयबाट ३० जना विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रममा उपस्थित विद्यालयहरूबाट सहभागी हुने विद्यार्थीहरू मध्यबाट उत्कृष्ट पाँच प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना पुरस्कार प्रदान गर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
सो प्रतियोगितामा मिलन धर्मस्थली स्कुलकी कृष्टिना सिम्खडा प्रथम भएकी छिन् । गोल्डेन गार्डेन स्कुलकी अमृता राना द्वितीय, पद्मकन्या माविकी मदिमा न्यौपाने तृतीय, अनमोल ज्योति स्कुलका मृदुला अर्याल र मेघा पब्लिक स्कुलका विवेक ढुंगाना सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
एसोसिएसनका अध्यक्ष दाहालले कार्यक्रम समापनमा यस्ता कार्यक्रमहरू हरेक स्कुलमा हरेक वर्ष गर्दै जाने र स्कुलहरूमा दुध तथा दुग्ध पदार्थको वितरण गरी अन्य पेय पदार्थभन्दा दुध, मही, दही, लस्सी सेवन गर्नको लागि आह्वान गर्दै नेपाल डेरी एसोसिएसन सधैँ दुग्ध क्षेत्रको प्रवर्द्धनमा लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण