चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुखसँगै चार जना राजश्व भ्रष्टाचार दोषी ठहर
काठमाडौँ । विशेष अदालत काठमाडौँले राजश्व हिनामिना गरेको अभियोगमा रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीसहित चार जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले चार जनालाई नै दोषी ठहर गर्दै बिगो, बिगोको दोब्बर जरिवाना र ४ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।
अख्तियारले उनीहरूविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख चौधरीसहितका आरोपीहरूले आंशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा अनियमित ढङ्गले चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी राजस्व छली गरेको ठहर गर्दै विशेष अदालत यस्तो सजाय सुनाएको हो ।
विशेषले रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ बिगो र त्यसको दोब्बर ७४ लाख ६९ हजार ३ सय ९६ को दामासाही बिगो बराबर जरिवाना हुने ठहर गरेको छ। विशेषले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार ४ वर्ष कैद हुने पनि भनेको छ।
त्यस्तै रामविनोद राउत वरैलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ जरिवाना मात्र हुने फैसला सुनाएको छ। त्यस्तै अर्का प्रतिवादी कृष्णप्रसाद सिग्देललाई बिगो २८ लाख २२ हजार बिगो र ५६ लाख ४४ हजार ११ रुपैयाँ जरिवाना हुने र त्यसको दामासाही २८ लाख २२ हजार रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने फैसलामा उल्लेख छ।
त्यस्तै अर्का प्रतिवादी रामविनोद राउतलाई ४ वर्ष कैद र २८ लाख २२ हजार बिगो र जरिवाना हुने फैसलामा उल्लेख छ। चाँदी नदीको नदीजन्य पदार्थ विक्री सम्बन्धी सम्झौता गर्दा तोकिएको नगद तथा बैङ्क जमानत पेश नगरी मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा भनिएको थियो ।
आरोपीहरूले मापदण्ड विपरीत अवैध रूपमा ३७ लाख ३४ हजार रकम बराबरको नदीजन्य पदार्थ उत्खननन् गरी नगरपालिकालाई उक्त रकम बराबर राजस्वमा हानी पुर्याई ५५ लाख २ हजार बराबरको राजस्व चुहावट गरेको अख्तियारले दाबी गरेको थियो ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, लेखा अधिकृत (राजस्व शाखा प्रमुख) कीर्तिराज सुवेदी, आंशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत बरैलाई ५५ लाख २ हजार २९८ रुपैयाँ र तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार २९८ रुपैयाँ बराबर बिगो कायम गरी बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा प्रतिवादी कीर्तिराज सुवेदीले भने सफाइ पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण