झुटो खबर फैलाएको भन्दै निर्मल पुर्जामाथि छानिबन
काठमाडौँ । पर्यटन विभागले आरोही निर्मल पुर्जाले लगाएको आरोपको खण्डन गरेको छ । विभागले पुर्जाले लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पुर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरी (Fixed Rope) को बाल्कोनी र साउथ समिट बिचको भाग काटिएको र आरोहणमा समस्या भएको तथा रेडियो सेटमा पिक प्रमोसन प्रा. लि. का बाबु शेर्पासँग कुरा गर्दै पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएको कारणले फर्किनु परेको आरोप लगाएका थिए । विभागले चर्चित हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न पुर्जा र अन्य व्यक्तिहरू उपर छानबिनको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।
आरोही पुर्जाले लगाएको उक्त आरोपपछि पनि पायोनियर एडभेन्चर प्रा. लि. को टोलीले आज बिहान १२:४५ मा सगरमाथाको सफल आरोहण गरेको र पुर्जाले भने जस्तो उक्त स्थानमा आरोहणको लागि यस सिजनमा टाँगिएको डोरी नकाटिएको र सहज रूपमा आरोहण सम्पन्न भएको जानकारी प्राप्त भएको विभागको भनाई छ छ ।
‘यस सम्बन्धमा पर्वतारोहण सञ्चालक संघ नेपाल (Expedition Operator's Association Nepal-EOA Nepal) को पनि आकस्मिक बैठक बसेको र टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा यसले नेपालको पर्वतीय पर्यटन (Mountaineering tourism) लाई बदनाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ,’ विभागले विज्ञप्तिमा भनेको छ, ‘यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कहीँ कतै पनि समस्या नरहेको जानकारी सम्बन्धित सबैमा प्रेषित गर्दछौँ । आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरूमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण