सलमानको फिल्ममा भिलेन बन्दै ‘कटप्पा’

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा दक्षिण भारतका चर्चित अभिनेता सत्यराजको इन्ट्री भएको छ । एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी खलनायकको भूमिकामा देखिने चर्चा छ । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।
अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा ‘सिकन्दर’मा आफूलाई कास्ट गरिएको बताए । यस फिल्ममा आफू खलनायकको भूमिकामा देखिने पनि उनले बताएका थिए । फिल्ममा सलमान मुख्य भूमिकामा हुनेछन् । उनको अपोजिटमा रश्मिका मन्डनालाई काष्ट गरिएको छ । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।
पहिलो पटक बन्दैछ सलमान–रश्मिकाको जोडी
यस महिनाको सुरुमा, निर्माताहरूले फिल्मसँग सम्बन्धित नयाँ घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले बताएको थियो । यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन् ।
फिल्म आगामी वर्षको इदमा रिलिज हुने बताइएको छ । निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’लगायत धेरै हिट फिल्म दिइसकेका छन् । ‘सिकंदर’ अघि मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’मा सँगै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली
-
भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा