सहकारी ठगी प्रकरण
टीओआरबारे चार बुँदे सहमति
मङ्गलबार, १५ जेठ २०८१, १३ : ३७

काठमाडौँ । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच सहमति भएको छ ।
सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् । बर्तौलाका अनुसार प्रधानमन्त्रीलाई सहमतिको दस्तावेज पेस गरेपछि मात्र त्यसलाई सार्वजनिक गरिने रातोपाटीलाई जानकारी दिए ।
यता, रास्वपाबाट कार्यदलमा सहभागी शिशिर खनालका अनुसार समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने गरी कार्यादेशमा सहमति भएको छ । ‘समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी पिउन धारामा जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
-
युएस बङ्गला दुर्घटनासम्बन्धी २० थान रिटमा सर्वोच्चको आदेश : विचाराधीन अर्को मुद्दा किनार लागेपछि पेस गर्नू
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने