‘अर्थ सचिव मेट्रेसमा सुत्नुभयो, राजश्व सचिव ४ बजे जानुभयो’
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको अनुभव सुनाएका छन् । मङ्गलवार संसद्मा बजेट पेश गरेका मन्त्री पुनले बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको सुरुमै बजेट निर्माणका क्रममा मन्त्री, सचिव र अन्य कर्मचारीको दैनिकी, दबाब र अनुभव सेयर गरेका हुन् ।
‘बजेट निर्माणको क्रममा धेरै हतारोजस्तो, दबाबजस्तो र राजनीतिक रूपले पनि संसद्मा बजेट पेश हुन्छ कि हुन्न भन्ने अवस्थामा हामी थियौँ’, मन्त्री पुनले भने, ‘र अहिले यहाँसम्म आउँदा आज रिल्याक्स मुडमै छौ ।’
मन्त्री पुनले बजेट निर्माणका क्रममा हतार र दबाब दुवै झेल्नुपरेको बताए । त्यसक्रममा उनले रातभर बसेर बजेट निर्माण गरेको सुनाए ।
‘खासगरी म अस्ति राति बिहान साढे तीन बजेसम्म मन्त्रालयमा बसेँ’, मन्त्री पुनले अनुभव सुनाउँदै भने, ‘र बिहानीपख मात्र गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो ।’
उनले आफू मात्र होइन सचिव र अन्य कर्मचारीहरू पनि त्यसैगरी खट्नुपरेको बताए । ‘किनभने राजनीतिक रूपले पनि दबाब भइरहेको थियो । यहाँहरूलाई मन्त्री र सचिवको दैनिकी थाहा पाउने जिज्ञासा होला’, मन्त्री पुनले भने, ‘अर्थ सचिव मेट्रेस लिएर आउनुभएको रहेछ, उहाँ यहीँ सुत्नुभयो । राजश्वसचिव चाहीँ चार बजेपछि घर जानुभयो ।’
उनले बजेट बनाउन जुटेका धेरै कर्मचारीहरू मन्त्रालयमै बस्नुपर्ने अवस्था बनेको भन्दै सबैको सहयोग र शुभेच्छाका कारण बजेट तयार गर्न सफल भएकोमा आफू हर्षित रहेको बताए ।
मन्त्री पुनले बजेटका बारेमा सञ्चारमाध्यममा आएका प्रतिक्रिया सकारात्मक रहेको पनि बताए । ‘बजेटबारे मिडियामा देखिएको प्रतिक्रिया र पहिलो इम्प्रेसन सन्तुलित र आशा जगाउने खालको छ भनेर आएको छ यसमा म खुसी छु’, मन्त्री पुनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण