चितवन, पोखरा र लुम्बिनी आर्थिक केन्द्रबिन्दुका रूपमा अघि बढ्ने

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत तीन सहरलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा अघि बढाउने योजना अघि सारेको बताएका छन् । बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले चितवन, पोखरा र लुम्बिनीलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए ।
उनले चितवन, पोखरा र लुम्बिनीलाई त्रिभुज आकारमा विकास गरेर आर्थिक गतिविधि अघि बढाउने बताए । पोखरा, चितवन र लुम्बिनी नै पर्यटकीय क्षेत्रका रुपमा परिचित छन् । चितवनमा जङ्गल सफारी र ‘वाइल्डलाइफ’को प्रचुर सम्भावना छ ।
यस्तै पोखरालाई नेपाल सरकारले पर्यटकीय नगरीहरूको राजधानी नै घोषणा गरिसकेको छ । नेपाल घुम्न आउने पर्यटक कम्तीमा एक पटक पोखरा पुग्ने लक्ष्य नै तय गर्छन् । पोखरा पुगेर हिमालको दृश्य, फेवाताल लगायतका दृश्य हेर्न सकिन्छ । यसबाहेक लुम्बिनी गौतम बुद्धको जन्मस्थलका रुपमा रहेको छ ।
यो विश्वभरका बौद्ध धर्मवालम्बीहरुको आस्थाको केन्द्रका रुपमा छ । यी तीन क्षेत्रको सडक पूर्वाधारलाई विस्तार गरेर अघि बढाउने र राजमार्गका आसपास औद्योगिक गतिविधि र आर्थिक गतिविधि अघि बढाउँदै आर्थिक गतिविधिको केन्द्रका रुपमा विकास गर्ने अर्थमन्त्री पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद
-
राजसंस्था पुनर्स्थापना लागि आन्दोलनमा उत्रिने घोषणा
-
विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’
-
सांसदहरूसँग लञ्च मिटिङ गरेर प्रहरीले नक्सालमै बुझाएको थियो १९ बुँदे प्रस्ताव