बजेटले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने प्रयत्न गरेको छ : अर्थमन्त्री पुन
बुधबार, १६ जेठ २०८१, १३ : ५५
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने प्रयत्न गरिएको बताएका छन् । मंगलबार सार्वजनिक भएको आर्थिक वर्ष २०८१–८२ को बजेटको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले केन्द्रीकृत बजेट प्रणालीलाई आफूले स्थानीय तहसम्म पुर्याउने प्रयास गरेको बताए ।
‘विकासको संवाहक, रोजगारीको सिर्जनामा स्थानीय तह आफैमा महत्त्वपूर्ण अङ्ग हो । यसैलाई सबल र अधिकार सम्पन्न बनाउन सकियो भने आर्थिक विकास गर्न सकिन्छ । यसैलाई मुख्य ध्येय बनाएर यसपटकको बजेट स्थानीय तहमा फोकस गरिएको हो’ मन्त्री पुनले भने ।
कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले स्थानीय तहका लागि ३ खर्ब १२ अर्ब बढी बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण