थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रामाथि अभियोग लगाइँदै
बैंकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा विरुद्ध अभियोग लगाइने भएको छ ।
राजसंस्थाको अपमान गरेको भन्दै ७४ वर्षका सिनावात्रामाथि अभियोग चलाउन लागिएको त्यहाँका महान्यायाधीवक्ताले बताएका हुन् । सिनावात्रा १५ वर्ष निर्वासनमा बसेर गएको वर्ष मात्रै स्वदेश फर्किएका थिए । नौ वर्ष अघि एक कोरियाली पत्रिकालाई दिएको अन्तरवार्ताका लागि उनीमाथि अभियोग लगाउन थालिएको हो ।
राजसंस्थाको अपमान गर्न नपाइने कानून मिचेको भन्दै अभियोग लगाउन थालिएको उनी अहिलेसम्मकै सर्वाधिक हाई–प्रोफाइल राजनीतिज्ञ हुन् । राजनीतिक विरोधीहरूलाई तह लगाउन थाइल्यान्डले व्यापक रुपमा यो कानूनको प्रयोग गर्दै आएको छ । गएको चार वर्षमा मात्रै सयौं मानिसमाथि यो अभियोग लगाइएको छ । सिनावात्रा गत वर्ष मात्रै आफ्नो परिवार र कट्टरपन्थी समूहबीचको शुत्रता अन्त्य गर्न स्वदेश फर्किएका थिए ।
यसबीच राजनीतिक विरोधीसँग मिलेर उनको दलले गठबन्धन सरकार बनाएको थियो । सन् २०१५ मा कोरियाली पत्रिकालाई दिएको अन्तरवार्तामा सिनावात्राले राजाको शीर्ष सल्लाहकारी समितिलाई सन् २०१४ मा सैन्य कूलाई सघाएको अनि आफ्नो बहिनी यिङलकको नेतृत्वको सरकार ढलाएको आरोप लगाएका थिए । यिङलक सन् २०११ को आम निर्वाचनबाट प्रधानमन्त्री चुनिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण