‘सुर्तीजन्य पदार्थमा दक्षिण एसियाकै न्यून कर’
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दक्षिण एसियाकै सबैभन्दा न्यूनतम कर रहेको भनिने सुर्तीजन्य पदार्थमा कर बढाएको बताएका छन् । दक्षिण एसियाली बजार अध्ययन गर्दा नेपालले लगाउँदै आएको करको दर न्यून भए पनि कर वृद्धि गरेको उनले बताएका हुन् ।
सरकारको यो नीतिले स्वास्थ्य क्षेत्रलाई समेत लाभ हुने अर्थमन्त्रीले बताए । ‘यसअघि विभिन्न प्रतिवेदन तथा अध्ययनहरूमा दक्षिण एसियाली मुलुकहरूमा सुर्तीजन्य वस्तुमा सबैभन्दा कम कर लगाउने मुलुकको सूचीमा नेपाल पर्ने देखाइएको थियो’ बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै उनले भने, ‘विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने बताउँदै आएको छ ।’
तर, नेपालमा ४० देखि ४५ प्रतिशतसम्म कर लाग्दै आएको थियो । यो दक्षिण एसियाली मुलुकको तुलनामा न्यून भनिए पनि अध्ययनका क्रममा त्यस्तो नदेखिएको पुनको भनाई छ ।
‘बाहिर उठ्ने गरेको सुर्तीजन्य पदार्थमा दक्षिण एसियामा नै कम कर लाग्ने गरेको आङ्कलन भए पनि अध्ययनका क्रममा यस्तो देखिएन,’ अर्थमन्त्रीले भने, ‘अध्ययनले देखाएको जस्तो नदेखिए पनि हाराहारी रहेछौँ । तर पनि कर वृद्धि गरिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण