बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘सुर्तीजन्य पदार्थमा दक्षिण एसियाकै न्यून कर’

बुधबार, १६ जेठ २०८१, १४ : १२
बुधबार, १६ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दक्षिण एसियाकै सबैभन्दा न्यूनतम कर रहेको भनिने सुर्तीजन्य पदार्थमा कर बढाएको बताएका छन् । दक्षिण एसियाली बजार अध्ययन गर्दा नेपालले लगाउँदै आएको करको दर न्यून भए पनि कर वृद्धि गरेको उनले बताएका हुन् ।

सरकारको यो नीतिले स्वास्थ्य क्षेत्रलाई समेत लाभ हुने अर्थमन्त्रीले बताए । ‘यसअघि विभिन्न प्रतिवेदन तथा अध्ययनहरूमा दक्षिण एसियाली मुलुकहरूमा सुर्तीजन्य वस्तुमा सबैभन्दा कम कर लगाउने मुलुकको सूचीमा नेपाल पर्ने देखाइएको थियो’ बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै उनले भने, ‘विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने बताउँदै आएको छ ।’

तर, नेपालमा ४० देखि ४५ प्रतिशतसम्म कर लाग्दै आएको थियो । यो दक्षिण एसियाली मुलुकको तुलनामा न्यून भनिए पनि अध्ययनका क्रममा त्यस्तो नदेखिएको पुनको भनाई छ ।

 ‘बाहिर उठ्ने गरेको सुर्तीजन्य पदार्थमा दक्षिण एसियामा नै कम कर लाग्ने गरेको आङ्कलन भए पनि अध्ययनका क्रममा यस्तो देखिएन,’ अर्थमन्त्रीले भने, ‘अध्ययनले देखाएको जस्तो नदेखिए पनि हाराहारी रहेछौँ । तर पनि कर वृद्धि गरिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप