बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्से परिसूचक २३ अंकले घट्यो

बुधबार, १६ जेठ २०८१, १५ : १८
बुधबार, १६ जेठ २०८१

काठमाडौँ । सरकारले बजेट ल्याएको भोलिपल्ट सेयर बजारमा गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ अंकले घटेको हो ।

नेप्से २०८९ को बिन्दुमा झर्दा बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ । तर परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ ।

यस्तै १९१ वटा कम्पनीको मूल्य घटेको छ । यसबाहेक बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।

बुधबार ४ वटा समूहको सूचक समेत बढेको छ । वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक अन्य समूहको सूचक घटेको छ । जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप