नेप्से परिसूचक २३ अंकले घट्यो
काठमाडौँ । सरकारले बजेट ल्याएको भोलिपल्ट सेयर बजारमा गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ अंकले घटेको हो ।
नेप्से २०८९ को बिन्दुमा झर्दा बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ । तर परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ ।
यस्तै १९१ वटा कम्पनीको मूल्य घटेको छ । यसबाहेक बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।
बुधबार ४ वटा समूहको सूचक समेत बढेको छ । वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक अन्य समूहको सूचक घटेको छ । जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण