१३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ४ जना पक्राउ
वीरगन्ज । बारा प्रहरी ठुलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको हो ।
बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेका उनका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा गरी छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको हो ।
नक्कली नोटसहित पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका ६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका १ निवासी मोहन कुमार साह रहेका छन् ।
यी तीनै जना नेपालीहरूको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
यसैगरी तीनै जना नेपालीसँगै साइकलमा नेपाली नक्कली नोट लिएर आएका भारत विहार मातिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चारैजनाको साथबाट नगदसँगै प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको छ ।
चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण