विपक्षी गठबन्धनमा माधवको इन्ट्री : मधेसबाट केन्द्रको सत्ता गठबन्धनलाई धक्का दिने तयारी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको ४ दलको बैठक सकिएको छ । मधेस प्रदेशको सरकारबारे विपक्षी कांग्रेस, जसपा नेपाल, लाेसपा र सत्तारुढ एकीकृत समाजवादीबिच छलफल भएको हो ।
देउवा निवासको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लाेसपाका अध्यक्ष महन्थ ठाकुर बाहिरिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र देउवाबिच छुट्टै छलफल भएको थियो ।
बुढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।
कांग्रेस, जसपा नेपाल, लाेसपा र एकीकृत समाजवादी एक ठाउँमा आउँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ । मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ । यादवका अनुसार सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेसमा नयाँ गठबन्धन सरकार बनाउने तयारीका लागि बुधबार छलफल भएको थियो ।
बैठकमा सहभागी एकीकृत समाजवादीका प्रमुख सचेत मेटमणि चौधरीले मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन ४ दल सहमत भएको राताेपाटीलाई बताए । उनले भने,'मधेस प्रदेश सरकार जोगाउन एक मत भएका छौँ । यसकाे बाछिटा अन्य प्रदेश र केन्द्र सरकारसम्म पर्छ ।' एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमत छ । कांग्रेस, लाेसपा र एकीकृत समाजवादीले समर्थन गरे यादव सरकार जोगिने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण