विराटनगर पुगेर प्रचण्डले भने– माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो ।
‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले भने ।
उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी थियो । ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन । अहिले हाम्रो जेछ त्यही हुन्छ’, प्रचण्डले भने ।
अर्को प्रसंगमा प्रचण्डले बजेटमा कोशी प्रदेशलाई प्राथमिकता दिइएन भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे । ‘यसमा गलत प्रचार भएको छ । तर, कोशीलाई आवश्यकताअनुसार पर्याप्त बजेट र कार्यक्रम आएको छ’, प्रचण्डले भने, ‘कम भयो भन्ने कुरा सही होइन । बजेटमा जति आएका छन् त्यतिमात्रै पनि होइन । वक्तव्यमा सबै कुरा आएका पनि हुँदैनन् ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै प्रचण्डले कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताए । यस्तै रोजगारी सिर्जना गर्ने जस्ता विषय पनि बजेटमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आर्थिक स्थिति र राजनीति परिस्थिपित हेर्दा सन्तुलित बजेट आएको छ ।’
उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गतिविधिप्रति आफूलाई सञ्चारकर्मीको धारणा जान्न मन लागेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण