कर फेरबदलको विरोध गरेपछि अर्थमन्त्रीले उद्योगीलाई छलफलमा बोलाए
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विरोधमा रहेका मेल्टिङ उद्योगीलाई भेट्ने भएका छन् । आगामी वर्षको बजेटमार्फत स्पञ्ज आइरनको कर बढेसँगै मेल्टिङ उद्योगी विरोधमा छन् । उनीहरुको विषय सुन्नलाई आज दिउँसो ४ बजे मन्त्रालयमा मन्त्री पुनले उद्योगी भेट्न लागेका हुन् ।
३ वर्षअघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनको भन्सार दर शून्यमा झारेका थिए । त्यसयता स्पञ्ज पगालेर रड बनाउने उद्योगको संख्या बढेर १८ पुगिसकेको छ । यी उद्योगमा ३६ अर्बभन्दा बढीको लगानी भइसकेको उद्योगीहरुको भनाई छ ।
निरन्तररुपमा कार्यक्रम नै आयोजना गर्दै विरोध गर्न थालेपछि अर्थमन्त्रीले उद्योगीलाई छलफलमा बोलाएका हुन् । सो छलफलमा करका दर कसरी तय भएका भन्ने विषयमा उद्योगीलाई जानकारी दिने अर्थमन्त्री पुनले बताए । ‘हामि उहाँहरुको कुरा पनि सुन्छौं,’ पुनले भने, ‘हाम्रा आधार पनि राख्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण