कांग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि
चितवन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए ।
“कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन शुद्धीकरण अभियानमा लैजाने तयारीमा छौँ”, नेता निधिले भने । संसदीय प्रणालीमा लोकतान्त्रीक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उनको भनाइ छ ।
फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधि निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे । “मुलुक मध्यावधी निर्वाचनमा जाने स्थिति देखिएको छैन”, उनले भने ।
मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो ।
यसबारे विषयमा छलफल सकारात्मक रुपमा भइरहेको उनले जानकारी दिए । सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण