बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधुमेहमा यी ४ खानेकुरा बार्नु भयो भने बढ्दैन सुगर

बिहीबार, १७ जेठ २०८१, १३ : ५६
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । पछिल्लो मधुमेह सामान्य स्वास्थ्य समस्या बन्दै गएको छ । यो तीव्र गतिमा बढिरहेको ‘साइलेन्ट किलर’ रोग बनेको छ । 

यो जीवनशैली र खानपानसँग जोडिएको रोग हो । यसमा बिरामीहरूले औषधिभन्दा धेरै ध्यान आफ्नो खानपानमा दिनुपर्छ । आजको यस लेखमा हामीहरू मधुमेहका बिरामीले बार्नुपर्ने केही खानेकुराबारे बताउन गइरहेका छौं ।

गुलिया खानेकुरा

मधुमेहका बिरामीका लागि चिनी खतरनाक कुरा हो । तपाईँलाई पनि मधुमेह छ भने चिनी वा चिनीबाट बनेको गुलियो खाद्य वा पेय पदार्थको सेवन फिटिक्कै गर्नु हुँदैन ।  मिठाई, केक, पेष्ट्री, गुलियो पेय पदार्थ र अन्य मिठा खानेकुराले सुगर ह्वात्तै बढाउने काम गर्छन् ।

मैदाबाट बनेका चिज

मधुमेहका रोगीले मैदा वा प्रशोधित आँटाको सेवन गर्नु हुन्न । यसको प्रयोगले रगतमा चिनीको मात्रा ह्वात्तै बढ्न सक्छ । समोसा, सेतो चामल, ब्रेड पास्ता, पिज्ज आदि लगायत मैदाबाट बनेका खानेकुरा कुनै पनि स्थितिमा नखानुस् ।

हल्का पेय पदार्थ

हल्का पेय पदार्थ वा फ्रुट जुसमा अत्यधिक मात्रामा चिनी र कार्बोहाइड्रेट हुन्छ । यसले पनि रगतमा चिनीको मात्रा बढाउन सक्छ । अङ्गुर, सुन्तला वा आँप जस्ता फलफूलको रसमा चिनीको मात्रा उच्च हुन्छ ।

तेलमा बनाइएको खानेकुरा

फ्रेन्च फ्राइज लगायतका खानेकुरा पनि स्वास्थ्यका लागि राम्रो विकल्प होइन । तार्ने प्रक्रियामा यी खानेकुराले निकै चिल्लो सोसेका हुन्छन् । यो कोलेस्ट्रोल, मुटुको स्वास्थ्यका लागि राम्रो होइन । न त मधुमेहसँग जुधिरहेका बिरामीका लागि नै राम्रो हुन्छ ।

यसबाहेक आलु, मैदा वा चिनी हालेर बनाइएको रोटी÷पाउरोटी पनि खानु हुन्न । यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा अधिक हुन्छ । राइस मिल्क, बदामको दूध, एनर्जी बार आदिको सेवनले पनि रगतमा चिनीको मात्रा तीव्र रुपमा बढाइदिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप