महिलाको हत्या गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ । झापामा एक महिलाको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहितको संयुक्त टोलीले झापा बिर्तामोड नगरपालिका ४ शिवनगर बस्ने ६७ वर्षीय विष्णुमाया विष्टको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विर्तामाड नगरपालिका ४ शिवटोल बस्ने २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँ बस्ने २३ वर्षीय महेश राजवंशी, २१ वर्षीय वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा–६ बस्ने ४३ वर्षीय धनबहादुर कामी रहेका छन् । पक्राउ परेकाहरूले सुनका गहना तथा नगद लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूबाट सुनको हातमा लगाउने बाला १ थान, सुनको सिक्का भएको बेरुवा औँठी १ थान, सुनको जन्तर १ थान, मृतकले लगाएको सुनको सिक्री १ थान, कानमा लगाउने सुनको टप १ जोर, चाँदीको कलश १ थान बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरीले कार्यालय झापामा बुझाइएको ब्युरोले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण