गण्डकी संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता पेस
पोखरा । गण्डकी प्रदेश सरकारले संसद्मा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा अर्थमन्त्री डा. टकराज गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन् ।
आत्मनिर्भर तथा समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी बनाउने प्रदेश सरकारको प्रतिबद्धतालाई आधारशिलाका रूपमा लिएर आगामी वर्षको बजेट बनाइने अर्थमन्त्री गुरुङले बताए ।
संघीयताको सबलीकरण, सन्तुलित क्षेत्रगत विकास, सामाजिक विकास र समतामूलक समाजको स्थापना, दिगो विकास र वातावरण संरक्षण, कार्यक्रमको प्रभावकारिता र सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा सुधार गर्ने लक्ष्यका साथ बजेट निर्माण गरिने उनको भनाई छ ।
४३ बुँदामा तयार गरिएको सिद्धान्त र प्राथमिकतामा सुदृढ प्रादेशिक अर्थतन्त्र निर्माणका लागि आवश्यक रूपान्तरणकारी रणनीति अवलम्बन गरी हस्तक्षेपकारी कार्यक्रमका रूपमा इन्भेस्ट गण्डकी कार्यक्रम मार्फत प्रदेशमा लगानी आकर्षण, रोजगारी वृद्धि र पूर्वाधार निर्माणको कार्य अगाडि बढाइने उल्लेख छ ।
हिमाली तथा दुर्गम क्षेत्रमा सञ्चालित आवासीय विद्यालय विकास कार्यक्रमका साथै बिग र लिड विद्यालय विकास कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग साझेदारी गरिने भएको छ । यस्तै, वित्तीय संघीयताको हालसम्मको अभ्यास र आगामी कार्यदिशाका सम्बन्धमा वित्तीय संघीयतामा गण्डकी प्रदेश विषयक सम्मेलन गरिने विषयलाई प्राथमिकतामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
-
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण