दुधको रकम अझै भुक्तानी हुन सकेन
बिहीबार, १७ जेठ २०८१, २० : ०९
काठमाडौँ । किसानलाई दुधको रकम अझै भुक्तानी हुन सकेको छैन । किसानको ४ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।
नेपाल डेरी एसोसिएसनले बिहीबार पत्रकार सम्मेलन गर्दै किसानले अझै ४ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन नसकेको र यसमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको रहेको जनाएको हो ।
यस्तै, एसोसिएसनले अझै ४ अबै रुपैयाँ बराबर बटर र चीज स्टक रहेको उल्लेख गरेको छ ।
यसैबिच ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले जेठ १९ गते २४ औँ विश्व दुध दिवस मनाउने भएको छ ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दुध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न ७ प्रदेशमा विभिन्न कार्यक्रम गरेर दुध दिवस मनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण