२१ बुँदे प्रस्ताव पारित गर्दै एमालेको महिला भेला सम्पन्न
काठमाडौँ । २१ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।
त्यसैगरी भेलाले सबै किसिमका विभेद र हिंसा अन्त्यको विषयलाई आफ्नो मुख्य र साझा मुद्दाको रूपमा स्वीकार गर्दै नेकपा (एमाले)को मार्ग निर्देशनमा आ–आफ्नो ठाउँबाट व्यापक अभियान सञ्चालन गर्न साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
भेलाले एमालेमा हाल महिला सदस्य अनुपात करिब २७ प्रतिशत मात्र रहेको तथ्यलाई आत्मसात् गर्दै आगामी दिनमा सदस्य सङ्ख्याका साथै पार्टी र जनसङ्गठनका सबै संरचनामा महिलाको ५० प्रतिशत सहभागिता पुर्याउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गर्न आग्रह गर्दै आ–आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरेको छ ।
‘नेकपा एमाले, जनसङ्गठन समन्वय संयन्त्रद्वारा आयोजित राष्ट्रिय महिला भेलाद्वारा पारित प्रस्तावहरू सामाजिक उत्पीडनको सबैभन्दा प्रखर रूप, लैङ्गिक विभेद हो । यसको अन्त्यका लागि हामी प्रतिबद्ध छौ’, पारित प्रस्तावमा भनिएको छ । भेलाको जेठ १६ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण