बजेटमा कमजोरी भेटिए आलोचना गर्न एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताएका हुन् ।
उनले भने– ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’
ओलीले अगाडि भने– ‘आफ्नो क्षेत्रमा भइरहेको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको अवस्थामा आयोजनाका लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के हो त ? कुनै आयोजनाका लागि हामी विशेष नै काम गर्दैछौँ कि ? नयाँ आयोजना, ठूलो आयोजना जसले एउटा रूपान्तरकारी काम गर्छ त्यस्तो आयोजना, त्यसमा ठुलो किसिमको बजेट छुट्टाउनुपर्यो भन्ने कुराहरू छन् कि ? यस्ता कुराहरू पनि हेर्नुपर्छ । यदि त्यस्तो छैन भने एउटालाई अनुकूल र अर्कोलाई प्रतिकूल हुनेगरी भएको छ भने पनि बोल्नुपर्छ ।’
अध्यक्ष ओलीले बजेट वक्तव्यमा आएका केही विषयहरू उल्झनयुक्त, केही शब्दहरू उपयुक्त नहुने, त्यसको भाव, अर्थ र महत्वलाई बोक्न नसकेको अवस्था छ कि भन्दै ती कुराहरूलाई पनि हेर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण