चीनलाई रातो रेखा पार नगर्न फिलिपिन्सको चेतावनी
सिंगापुर । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन्। दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबिच द्वन्द्व बढ्दै गएको छ ।
राष्ट्रपति मार्कोस जुनियरले शुक्रबार यदि कुनै चिनियाँ कार्यले एक फिलिपिन्स नागरिकको पनि मृत्यु हुन्छ भने, फिलिपिन्सले यसलाई 'युद्धको कार्य' मान्ने र सोही अनुसार प्रतिक्रिया दिने बताएका हुन् । राष्ट्रपति मार्कोस जुनियरले सिङ्गापुरमा विश्वका धेरै देशका रक्षा मन्त्रीहरूको सहभागिता रहेको एक सुरक्षा मञ्चमा बोल्दै थिए । यसमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि संलग्न थिए ।
अमेरिकी रक्षामन्त्रीले यो क्षेत्र अमेरिकाका लागि महत्त्वपूर्ण रहेको र एसिया सुरक्षित भए मात्रै अमेरिका पनि सुरक्षित हुने बताए । हालैका महिनाहरूमा, दक्षिण चीन सागरमा दाबीलाई लिएर चीन र फिलिपिन्स बिचको तनाव बढ्दै गएको छ, धेरै मुद्दाहरूमा टकराबको बिन्दुमा पुगेको छ।
फिलिपिन्सले चिनियाँ जहाजहरूले आफ्नो गस्ती डुङ्गालाई पानीको तोपले आक्रमण गरेको आरोप लगाएको छ भने चीनले आफ्नो सार्वभौमसत्ताको रक्षा गरिरहेको तर्क गरेको छ।
विश्लेषकहरूले दक्षिण चीन सागरमा दुई देशबिचको कुनै पनि झडप ठुलो द्वन्द्वमा परिणत हुन सक्ने डर व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण