काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । सोही दिनको स्मरण गर्दै आज साँझ नारायणहिटी दरबार परिसरमा विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरूले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
_ADmcc979mZ.jpg)
२०५८ जेठ १९ गते भएको राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
_H7IHXmto1E.jpg)
सो श्रद्धाञ्जली कार्यक्रममा पूर्वराजकुमार पारस शाह लगायत पूर्वराजपरिवारका सदस्यहरूको समेत उपस्थित रहेको थियो । त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद दीपक बहादुर सिंह र अभियन्ता दुर्गा प्रसाईंको समेत उपस्थिति रहेको थियो ।
_qojXLw5kqR.jpg)
_X8rOlNuH39.jpg)
_Wz5zb0rxaw.jpg)
_oVRh4nrV5V.jpg)
_s3a1rqWT0K.jpg)
_T0j2aVcYA0.jpg)
_8Z93VdEW4Z.jpg)
_dh4IvpzSi5.jpg)
_MvunhaKozE.jpg)
प्रतिक्रिया