टी-२० विश्वकप : उद्घाटन खेलमा टस जितेर फिल्डिङ गर्दै अमेरिका
काठमाडौँ । आईसीसी टी–२० विश्वकप आइतबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडाको सामना गर्दैछ । खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो । उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ ।
पहिलो दिन दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी) बिच हुनेछ । पीएनजी छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो । वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०:१५ बजे सुरु हुनेछ । खेल गुयनामा खेलिने छ ।
अमेरिका र क्यानडा समूह ‘ए’ मा छन् । उक्त समूहमा पूर्वविजेता भारत र पाकिस्तानका अतिरिक्त आयरल्यान्ड पनि रहेको छ । वेस्ट इन्डिज र पीएनजी भने समूह ‘सी’ मा छन् । उक्त समूहमा युगान्डा, न्युजिल्यान्ड र अफगानिस्तान पनि छन् ।
टी–२० विश्वकपको नवौँ संस्करण जुन २९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अमेरिकाका तीन र वेस्ट इन्डिजका ६ वटा रंगशालामा खेलाइँदै छ । अमेरिकामा पहिलो पटक क्रिकेटको विश्वकप आयोजना भएको हो ।
टी–२० विश्वकपको नवौँ संस्करणमा सहभागी टोलीको सङ्ख्या पनि बढाइएको छ । विश्वकपको यो संस्करणमा कुल २० टोलीको सहभागिता रहेको छ । अघिल्लो संस्करणमा भने १६ वटा टोलीले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण